FAQs Complain Problems

समाचार

लोकसेवा तयारी प्रशिक्षार्थीलाई किताव वितरण

फाल्गुन १०,थबाङ । थबाङ गाउँपालिकाले मुख्यमन्त्री ग्र्रामीण विकास कार्यक्रम अन्र्तगत थबाङ गाउँपालिकामा सन्चालन भैरहेको लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीहरुलाई किताव वितरण गरिएको छ ।  
गाउँपालिकाका अध्यक्ष बिर वहादुर घर्तीको अध्यक्षतामा करिव २० जना प्रशिक्षार्थीलाई  लोकसेवा तयारी किताव वितरण गरिएको हो ।
हाम्रो यस थबाङ गाउँपालिकामा यस निजामती क्षेत्र तिर कसैको पनि ध्यान जाने गरेको छैन ।  निजामती क्षेत्रमा पनि हामी यस गाउँपालिकामा बसोवास गर्ने युवा जनशक्ति उत्पादन गर्नुपर्छ ।  हाम्रो परम्परा भनेको लाउरे हुने प्रदेसी भुमिमा काम गर्नु पसिना बगाउन जाने तर अध्यन र नेपालमै केही गर्नु पर्छ भन्ने मानसिक्ता नभएको अवस्था छ यस्ता मानसिक्तालाई तपाईहरुले शिक्षा बाढ्नु पर्छ आगीमी दिनहरुमा निजामती क्षेत्रमा पनि यस थवाङ गाउँपालिकाका युवा युवतीहरु त्यस क्षेत्रमा प्रवेश गर्नेको लहर बढेको देख्न हामीले पाउने छौ भन्ने आशा लिएको छौ किताव वितरण कार्यक्रममा बोल्दै गा.पा अध्यक्ष घर्तीले भन्नु भयो ।
कार्यक्रमको सन्चालन भण्डार शाखा  प्रमुख अधिकार बुढा मगरले गर्नु भएको थियो  ।

आर्थिक वर्ष:

जन प्रतिनिधि