समाचार
तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८०
थबाङ गाउँपालिका स्तरीय लगातारको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ९ श्री वीर बल भद्र नमुना मा.बि. थबाङको प्राङ्गणमा सम्पन्न भएको छ !
पौष ६ देखि सुरु गरिएको रनिङ शिल्ड प्रतियोगिता मा आ.बि. र मा.बि. गरि जम्मा ६ वटा बिद्यालयहरुले उक्त प्रतियोगितामा सहभागी जनाएका थिए |
थबाङ गाउँपालिका द्वारा आयोजित थबाङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ साल देखि सुरु भएको थियो भने निरन्तर आयोजना हुँदै आएको रनिङ शिल्ड प्रतियोगिता यस बर्ष २०८० पौष ९ गते सोमबारका दिन सम्पन्न भएको छ ! प्रतियोगिता आयोजना गरिएको बर्ष २०७७ देखीनै लगातार अधिकतम स्वर्ण पदक जीत हासिल गर्दै आएको श्री वीर बल भद्र नमुना मा.बि. थबाङले यस वर्ष पनि जम्मा ५४ स्वर्ण पदक मध्ये विभिन्न बिद्यामा ४४ स्वर्ण पदक जित हासिल गरि तेस्रो पटक निरन्तर प्रथम स्थान हासिल गर्दै आएको मा.बि. थबाङले यस बर्ष भने रनिङ शिल्ड प्रतियोगितामा राखिएको शिल्ड प्राप्त गरेको छ ! त्यसैगरि द्वितीय ६ स्वर्ण पदक प्राप्त गरि श्री भानुभक्त मा.बि. उवा छ भने तृतीय ४ स्वर्ण पदक प्राप्त गरि श्री हिमालय मा.बि. मिरुल भएको छ !