FAQs Complain Problems

समाचार

र्यापिड टेस्ट परिक्षण गरे जति सबैको रिर्पोट नेगेटिभ

थबाङमा गाउँपालिकामा र्यापिड टेस्ट (आरडिटी) परिक्षणको काम जारी रहेको छ भने अहिले सम्प परिक्षण गरिका ४१ जना सबैको रिर्पोट  नेगेटिभ आएको छ ।
थबाङ गाउँपालिकामा भारतबाट आएर  क्वारेन्टाइनमा बसेका थप १६ जना आरडीटी रिर्पोट नेगेटिभ आएको छ । 
भारतको विभिन्न क्षेत्रबाट आएर श्री बराह क्षेत्र प्रा.वि छेर्लोबाङको क्वारेन्टाइनमा  रहेका थप ११ जनाको आज गरिएको ¥र्यापिड टेस्ट (आरडिटी) परिक्षणमा सबैको रिर्पाेट नेगेटिभ आएको हो । 
जेठ १४ गते यता भारतबाट आएका १० जना र दाङबाट आएका १ जना सहित ११ जनाको जलजला अस्पताल तथा अनुसुन्धान केन्द्र थबाङमा कार्यरत अ.हे.व राज कुमार बुढा र ल्याव असिन्टेट सुनिज खाम मगरको टोलीले यापिड टेस्ट (आरडिटी) परिक्षण गरिएको थबाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले बताउनु भयो ।
 हामीले भारतबाट आएका मध्ये ६ जनाको जेठ १२ गते यापिड टेस्ट (आरडिटी) परिक्षण गरिसकेका छौ भने उहाहरुको सवैको रिर्पोट नेगेटिभ आइसकेको छ । उच्च जोखिम देखिएको क्षेत्रबाट आएका नागरिकहरुको यापिड टेस्ट (आरडिटी) परिक्षण गर्ने गरेका छौ हिजो मात्रै दाङ र बर्दियाबाट आएका १२ जनाको रिर्पोट पनि नेगेटिभ आएको छ । 
१४ दिनको क्वारेन्टाइन बसाईपश्चात ¥यापिड टेस्ट (आरडिटी) परिक्षण गरेर उहाँहरुलाई घर पठाएका छौ उहाँहरु घरमा गएर पनि केही दिन होम क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा बस्नुहुनेछ । थबाङ गाउँपालिकामा अहिले सम्म ४१ जनामा र्यापिड टेस्ट (आरडिटी) परिक्षण गरिएको र संक्रमणको सम्भाव्यता भएको खण्डमा थप र्यापिड टेस्ट (आरडिटी) परिक्षण गरिने छ । 
आरडिटी टेस्टले शरिरमा भएको एंटीबडी क्षमताले भाइरस सँग लड्ने क्षमता भए नभएको रिर्पाेट देखाउने गरेको स्वास्थ्य संयोजक पुनले बताउनु भयो । 

 

आर्थिक वर्ष:

जन प्रतिनिधि