FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लक्षित समूहलाई फोहरमैला व्यवस्थापनका लागि सामग्री वितरण ।

आ.व २०७७।०७८ अन्तर्गत बहुक्षेत्रीय पोषण योजना कार्यक्रमबाट लक्षित समूहलाई फोहरमैला व्यवस्थापनका लागि सामग्री वितरण गरिएको छ ।

लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण कार्यशाला गोष्ठी

थबाङ गाउँपालिकाको आयोजना , प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको सहयोग एवं जन उत्थान समाज विकास केन्द्र दाङको सहजीकरणमा थबाङ गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण कार्यशाला गोष्ठी सुरु भएको छ

किसानलाई निशुल्क किम्बु, राई खन्यु, बकाईनो र खरीको विरुवा वितरण ।

थबाङ गाउँपालिका पशुपन्छी बिकास शाखाको आ.व २०७७/०७८ को कार्यक्रम अन्तर्गत किसानलाई निशुल्क रुपमा रेशमी किम्बु, राई खन्यु, बकाईनो र खरी काे १२००० घासको बिरुवा थबाङ गाउँपालिकाको अध्यक्ष वीर बहादुर घर्ती द्वारा किसानलाइ वितरण गरिएको छ।

कृषकहरुलाई टिमुर र कागतीकाे विरुवा नि:शुल्क वितरण ।

थबाङ गाउँपालिकाका ५ वटै वडाका कृषकलाई निशुल्क वितरण गर्ने उद्धेश्यले १० हजार टिमुर र ३ हजार कागतीकाे विरुवा गाउँपालिकाले खरिद गरेकाे विरुवा गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीबाट टिमुर र कागतीकाे विरुवा वितरण गर्नुभएकाे छ ।

स्वास्थ्य सामग्री सहयोग ।

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री वर्षमान पुन ‘अनन्त’ र लुम्बिनि प्रदेशका पार्टी अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्तिले थबाङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग प्रदान गर्नुभएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण ।

राेजगारीकाे शिलशिलामा साउदी अरबमा कार्यरत युवाहरुकाे आर्थिक सहयाेगमा थबाङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण  गरिएकाे छ ।

Pages