FAQs Complain Problems

५ नं वडाका स्थानीयलाई खाद्यान्न वितरण ।

विश्व कोरोना संक्रमणबाट आक्रान्त परीरहेको बेला गरिव,जेहेन्दार,अपाङ्ग,आफ्ना नागरिकलाई थबाङ गाउँपालिकाले राहात वितरण गर्न सुरु गरेको छ ।
थबाङ गाउँपालिका वडा नं ५ ठुलोगाउ उवाले आजबाट आफ्नो वडामा रहेका नागरीकहरुलाई राहात सामाग्री वितरण मापदण्ड अनुसार २३ घर परिवारलाई खाद्यान्न वितरण गरिएको थबाङ गाउँपालिका  वडा नं ५ का वडा अध्यक्ष गोवद्धन घर्ती मगरले बताउनु भयो ।
हामी वडाको टीमले छलफल परामर्ष गरेर राहात वितरणको लागी ककस्लाई वितरण गर्ने भन्नेमा छलफल गरेर लिस्ट तयार गरेर राहात वितरणको लागी परिवारहरुको नाम सुची गाउँपालिकामा पठाए अनुसार गाउँपालिकले राहात वडा पठाएको थियो ।  हामी वडाका वडा सदस्य,कर्मचारी , प्रहरी,स्वास्थ्यकर्मी ,युवाहरुको समुह सवै मिलेर आज नागरीकलाई राहात सामाग्री वितरण मापदण्ड  अनुसार खाद्यान्न वितरण गरेका छौ वडा अध्यक्ष घर्तीले भन्नु भयो । 
वडामा बसोवास गर्ने नगारीकहरु मध्येका २३ घरपरिवारलाई राहात वितरण गरेका वडा सचिव सुमन पुन मगरले बताउनु भएको छ ।   परिवार सख्याको आधारमा हामीले  एक देखी दुई जनाको परिवारलाई  प्रतिपरिवार २१ किलो चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको वडा सचिव पुनले बताउनु भयो । 
३ जना देखी ५ जना सम्मको परिवारलाइ ३० किलो चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुन र ६ जना भन्दा बढी परिवार संख्या भएका परिवारलाई ३७ किलो ५०० ग्राम  चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुनका दरले करिव ७०० किलो चामल , ९२ किलो दाल, २३ लिटर तेल र २३ किलो नुन वितरण गरिएको  वडा सचिव पुनले बताउनु भयो । 
 

आर्थिक वर्ष:

जन प्रतिनिधि