FAQs Complain Problems

विभिन्न कर्मचारी तथा व्यक्तित्व सम्मानित ।

सम्मानित कर्मचारीहरू अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षका साथ
सम्मानित कर्मचारीहरू

थबाङ गाउँपालिकाले विभिन्न क्षेत्रका कर्मचारी तथा व्यक्तित्वहरूलार्इ सम्मान गरेकाे छ । थबाङ गाउँपालिका अन्तर्गत विभिन्न क्षेत्रमा पुर्याएकाे याेगदानलार्इ हेरी उहाँहरूलार्इ सम्मानित गरिएकाे हाे । सम्मानित कर्मचारी तथा व्यक्तित्वलार्इ गाउँपालिकाले प्रमाणपत्रका साथमा नगद रकम सहित सम्मान गरेकाे हाे । थबाङ गाउँपालिका कार्यलयकाे उट्कृष्ट कर्मचारी प्रशासन र याेजना शाखा प्रमुख श्री अधिकार बुढा, स्वास्थ्य तर्फ श्री तुल बहादुर पुन, शिक्षामा श्री वीर बलभद्र मा.वि., थप प्राविधिक तथा व्यवसायिक विद्यालयकाे प्रधानअध्यापक श्री कुल बहादुर वली, कार्यलय सहयाेगीमा थबाङ गाउँपालिका कार्यालयका श्री धनमाया राेकामगर सम्मान गरिएकाे हाे । उपभाेक्ता समिति तर्फ जलजला क्षेत्रमा पदमार्ग निर्माण/हिल स्टेशन उपभाेक्ता समितिका अध्यक्ष श्री धपलाल पुन मगरलार्इ सम्मान गरिएकाे हाे । 

आर्थिक वर्ष:

जन प्रतिनिधि