FAQs Complain Problems

कोविड १९ को आपतकालिन राहत कोष सञ्चालन

थबाङ गाउँपालिकाले आपतकालिन समस्या समाधानको लागी नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोष सन्चालन गरेको छ । 
थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त आपतकालिन राहत कोष सन्चालन गर्ने निर्णय गरेको हो । 
उक्त आकस्मिक बैठकले नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोष सन्चालनको लागि थबाङ गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकामगरको संयोजकत्वमा पाँच सदस्य सन्चालन समिती समेट गठन गरेको छ । 
उपाध्यक्ष रोकोमगरको संयोजकत्व रहेको सन्चालन समितीमा अधिकृत छैठौ नर रावत, लेखा सहायक माधव के.सी., थबाङ गाउँपालिका जलजला अस्पताल तथा अनुसन्धान केन्द्रका अहेव राजकुमार बुढामगर सदस्य , र थबाङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुन सदस्य सचिव रहने गरि आपतकालिन कोष सन्चालन समिति गठन गरिएको हो । 
ग्लोवल आई.एमई बैंक थबाङमा कोषको खाता खोली कोष सन्चालन समितिले कोषमा रकम सहयोगको लागि जनप्रतिनिधी,कर्मचारी र आम जनसमुदायहरुमा सहयोगको  अनुरोध गर्ने छ कोषमा जम्मा भएको रकम कोरोना संक्रमित व्यक्तिहरुको उपचारार्थ प्रयोग गरिने छ ।  
नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोष स्थापनकाृ घोषण गर्दै गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले आफ्नो व्यक्तिगत रुपमा रु पाँच हजार रुपैया कोषको खातामा जम्मा गर्ने प्रतिबद्धता जनाउनु भयो भने गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाले पाँच हजार पाँच सय रुपैया कोषमा जम्मा गर्ने बताउनु भयो साथै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले पाच हजार एक सय रुपैया समितिका सदस्य सचिव तुल बहादुर पुनलाई हस्तान्तरण गर्नु भयो । 
नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोषमा थबाङ गाउँपालिकाको चालु खर्चबाट रु पचास हजार रुपैया कोषमा जम्मा गर्ने निर्णय भएको छ भने थबाङ गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नो एक महिनाको पारिश्रमको दश प्रतिशतको दरले उक्त कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन । 
 

आर्थिक वर्ष:

जन प्रतिनिधि