FAQs Complain Problems

उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रम

थबाङ गाउँपालिका वडा नं २ को आयोजनामा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमा उद्घाटन गरिएको छ । 
थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बसन्त रोका मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट अतिथी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीको उपस्थीती रहेको थियो । 
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले  अभिमुखिकरण कार्यक्रममा आयोजना गर्नुको लक्ष्य र उद्देश्यको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । 
 दुई दिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रममा वडा नं २ मा सन्चालन हुने योजनाहरुको उपभोक्ता समितिका करिव जना पदाधिकारी, जनप्रतिनिधी र कर्मचारीको सहभागी रहको थियो । 

आर्थिक वर्ष:

जन प्रतिनिधि