FAQs Complain Problems

१५ शैया अस्पतालको भवन शिलान्यास

रोल्पाको थबाङ गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा अस्पतालको शिलन्यास गरिएको हो ।

ग्रामीण क्षेत्रका जनतालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुरूप जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङ रोल्पाको १५ शैया अस्पतालको भवन शिलन्यास गरिएको हो । थबाङ गाउँपालिकाको केन्द्र रहेको थबाङ गाउँपालिका १ झकेबाङमा एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान अन्तर्गत लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलले १५ शैयाको अस्पतालको शिलान्यास गर्नु भएको हो ।

बहुबर्षीय योजना अन्तर्गत १८ करोडको लागतमा उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ । यस वर्ष संघीय सरकारबाट एक करोड बजेट बिनियोजन गरेको छ । अस्पताल निर्माणको लागि अहिले डिपिआरको काम भैरहेको र डिपिआर रिर्पोट आएपश्चात टेण्डर आव्हान गरिने थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुन जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष मौसम रोकाको, बरिष्ठ अर्थोपेडिक सर्जन जापानिज स्वयमसेवक डा.रियुकिची इसिदा, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजल र गाउँपालिका अध्यक्ष घर्तीले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन थबाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि