FAQs Complain Problems

स्वास्थ्य सामाग्री हस्तान्तरण ।

राेजगारीकाे शिलशिलामा साउदी अरबमा कार्यरत युवाहरुकाे आर्थिक सहयाेगमा थबाङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण  गरिएकाे छ ।

रोजगारीको शिलशिलामा साउदी अरब पुगेका ६ जना युवाहरुको आर्थिक सहयोगमा एमाले नेता रोकामगर र समाजसेवी यमूना रोकामगर कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका गर्ने स्वास्थ्य सामग्री लिएर गाउँपालिकालाई हस्तान्तरण गर्नुभएकाे हाे ।

युवाहरूको पहलमा आर्थिक सहयोग र एमाले रोल्पा जिल्ला इन्चार्ज रोकामगरको समन्वयमा चार लाख १० हजार २ सय ६ रुपैयाँ बराबरको स्वास्थ्य सामान खरिद गरेर थबाङ गाउँपालिकालाई हस्तान्तरण गरेको थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले जानकारी दिनुभयाे । 

सहयाेग सामान बुझ्दै थबाङ गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले स्वास्थ्य सामाग्री खरिदकाे लागि आर्थिक सहयाेग गर्ने युवाहरु र  थबाङ सम्म सामाग्री ल्याउनकाे लागि समन्वय गर्ने नेपाल मगर स‌घ राेल्पा केन्द्रिय अध्यक्ष एव, नेपाल कम्युनिष्ट पार्टी एमाले राेल्पा जिल्ला इन्चार्ज नविन राेकालाई धन्यवाद दिनुभएकाे छ ।

राेकाले यस्ताे महामारीमा सरकारकाे मुख मात्रै ताकेर बस्नु भन्दा पनि आफुले सक्ने सहयाेग आआफ्नो ठाउँबाट लाग्न सबैमा अनुराेध गर्नु भएकाे छ ।

धनबहादुर झाँक्री, जोरधन विक, बीरबहादुर बुढामगर, हरिचन्द्र झाँक्री, रमेश बुढामगर र बिपीन झाँक्रीमगरले विश्व महामारी कोरोना भाइरस संटकको समयमा स्वास्थ्य सामग्रीका लागि आर्थिक सहयोग गरेका हुन्।

४७ लिटरका चार वटा अक्सिजन सिलिण्डरसहित, १० लिटरकाे १ वटा अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट १३ वटा, ग्लाेवस ९०० वटा साेडियम हाइफाे क्लाेराइड  ५ प्रतिशत  साेलुसन ५ लिटरका १० वटा जार, आस्थालिन साेलुसन नेवुलाइजेसनकाे लागि १ एम एलका ८० वटा,  १ एमएलका ४० वटा आइम्राट्राेपिएम साेलुसन   गाउँपालिकालाई हस्तान्तरण गरिएकाे हाे ।

 

हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथाेकी, जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङका निमित्त कार्यालय प्रमुख राजकुमार बुढामगर,  वीर बलभद्र नमुना मा वि  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्ती  समाजसेवी जय प्रकाश राेका प्रताप र  अमित घर्तीमगरकाे उपस्थित रहेकाे थियाे ।

आर्थिक वर्ष:

जन प्रतिनिधि