FAQs Complain Problems

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम सहित मनाइने ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान थबाङ गाउँपालिका द्वारा विभिन्न कार्यक्रम गरी Orange the world : Fund, Respond, Prevent, Collect लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वता : व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियानकाे पहिलाे दिन लैङ्गिक हिंसा अन्त्यकाे प्रतिबद्वता सहित थबाङ गाउँपालिका रोल्पामा आजबाट एक कार्यक्रमका बिच शुरुवात गरिएको छ । कार्यक्रम थबाङ गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगरको अध्यक्षतामा सम्पन्न भएको हो । १६ दिने अभियानमा थबाङ गाउँपालिका ५ वटै वडामा महिला हिंसा विरुद्धका विभिन्न सचेतनामुलक कार्यक्रम तय गरिएको छ । १६ दिने अभियान नाेभेम्बर २५ अर्थात आज देखि सुरु भएर डिसेम्बर १० सम्म संचालन हुनेछ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि