FAQs Complain Problems

राष्ट्रिय आविष्कार केन्द्रद्धारा थबाङमा निशुल्क अक्सिजन मिनी प्लान्ट जडान सम्पन्न ।

राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरले थबाङ गाउँपालिका द्धारा संचालनमा रहेको थबाङ आईसोलेसन सेन्टर झकेबाङमा निशुल्क अक्सिजन मिनी प्लान्ट जडान कार्य सम्पन्न गरको छ । १९ लाख ७४ हजार १० रुपैया कुल लागतमा जडान गरिएको अक्सिजन मिनी प्लान्ट राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरका बायोमेडिकल इन्जिनयर उमेश राइ लगायतको समुहले थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्ती, प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, स्वास्थ्य संयोजक तुल बहादुर पुन र निमित्त अस्पताल प्रमुख राजकुमार बुढाले संयुक्त हस्ताक्षर गरी हस्तान्तरण गरेको छ । उक्त अक्सिजन मिनी प्लान्ट निर्माणमा १० लिटर क्षमताका ६ वटा, ५ लिटर क्षमताको १ वटा अक्सिजन कन्सन्ट्रेटर र आविस्कार केन्द्रमा निर्माण गरिएका सामानहरुको प्रयोग गरि निर्माण गरिएको हो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि