FAQs Complain Problems

बोलपत्रको म्याद थप सम्बन्धि सूचना ।

यस थबाङ गाउँपालिका कार्यलयबाट २०७६/७७ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार मिति २०७६/१०/२९ गतेका दिन प्रकाशित गरिएको शिलबन्दी बोलपत्र आव्हान सूचनाको ठेक्का नं W/NCB/TRM/ROLPA/11/2076-077 थबाङ ठूलोगाउँ खानेपानी आयोजना थबाङ-१ e-GP बाट बोलपत्र आव्हान गरिएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल, काठमाण्डौको मिति २०७६।११।२२ गतेको सूचना अनुसार विद्युतिय खरिद प्रणालीको नियमित मर्मत संभार गर्न प्रणालीमा Downtime आवश्यक भएकाले विद्युतीय खरिद प्रणाली संचालन निर्देशिका, २०७४ को दफा ३१(१) अनुसार उक्त कार्यलयको मिति २०७६।११।२२ को निर्णयनुसार सोही मिति देखि २०७६।११।२९ गते १० बजेसम्म प्रणाली बन्द रहने भएकोले यस कार्यालयबाट पनि उक्त सूचनाको आधारमा उक्त ठेक्का नं W/NCB/TRM/ROLPA/11/2076-077 थबाङ ठूलोगाउँ खानेपानी आयोजनाको System बाट सिलबन्दी दरभाउपत्र, आशयपत्र र बोलपत्र पेश गर्ने अन्तिम मिति २०७६।१२।०२ गते १२ बजे सम्म म्याद थप गरिएको जानकारीको लागि अनुरोध छ । साथै २०७६।१०।२९ गतेको सूचनामा उल्लेखित अन्य ठेक्काहरु कार्यालयले पूर्व निर्धारित समय अनुसार नै हुने व्यहोरा जानकारी गराइन्छ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहोस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि