FAQs Complain Problems

गुरिल्ला ट्रेल रेस सम्पन्न ।

थबाङ गाउँपालिका रोल्पा र भूमे गाउँपालिका रुकुम पश्चिमको संयुक्त आयोजनामा मिति २०८२ असार ३ गते सञ्चालन गरिएको छैठौ संयुक्त गुरिल्ला अल्ट्रा ट्रेल रेस सम्पन्न भएको छ । मिति २०८२ असार ३ गते बिहान ७:३५ बजे देखि सुरु भएको उक्त ट्रेल रेसमा थबाङ गाउँपालिका वडा नं १ स्थित मन कुमार रोका मगरले ७ घण्टा ५९ मिनेटमा ५५ किलोमिटर दुरी पार गरी प्रथम स्थान हासिल गरेका छन । यसै गरी दोस्रो स्थान सोलुखुम्बुका किरण खुलुङ राई (८ घण्टा २२ मिनेट ११ सेकेण्ड), तेस्रो स्थान भूमे गाउँपालिकाका शक्तिराम रोकामगर(८ घण्टा २२ मिनेट १५ सेकेण्ड), चौथो स्थान थबाङ गाउँपालिकाका शिरिस रोका मगर(९ घण्टा १४ मिनेट), पाँचौ स्थान राम कुमार बुढा मगरले प्राप्त गरेका छन । महिला तर्फ भूमे गाउँपालिकाका प्रिय पुन मगर भएका थिए । त्यसैगरी बाग्लुङका यमुना घर्तीमगर दोस्रो, कमला बुढामगर तेस्रो स्थान र सृष्टि रोकामगरले निर्धारित दूरीलाई पार गरी चौथो हुनुभएको छ ।
५५ किलोमिटर दूरीमा भएको दौड भूमे–६ महत देखि सुरु भई नइमाक्याङ–लाबाङ–हुलबाङ–थोरबाङ–गलचोल–घमचिन–चिल्घा–जलजला–सालपछेडा–थर्पु–तेलखोलापुल–जन्तरे–गुराँसे–धाप्गा–पर्पोछिडा–जुर्बाङ हुँदै थबाङ ठूलोगाउँसम्मको दूरी निर्धारिण गरिएको थियो । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई समान क्रमशः नगद ७० हजार, ४५ हजार, २५ हजार, १५ हजार र पाँचौदेखि दशौँ स्थानसम्म ५ हजार रुपियाँ सहित कप, मेडल, प्रमाण पत्र प्रदान गरिएको हो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि

//