FAQs Complain Problems

कोषमा रकम जम्मा गर्ने सम्बन्धि सूचना

हाल विश्वमा अत्यन्तै माहामारीको रुपमा रहेको कोरोना भाईरस (COVID-19) को संक्रमणबाट बच्नको लागि विश्व सामु चासो र चिन्ताको विषय बनेको छ । 

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि यस थबाङ गाउँपालिका मार्फत क्वारेन्टाइन स्थल बनाई सञ्चालन भएको छ । यस गाउँपालिका मार्फत मिति २०७६।१२।१४ गते कोरोना भाईरस आपतकालिन व्यवस्थापन खर्च कोष बनाई उक्त कोषमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले केही रकम जम्मा गरी सञ्चालनमा रहेको व्यहोरा जानकारी गराइन्छ । साथै उक्त कोषमा सहयोग गर्नको लागि देश, विदेशमा रहनु हुने सम्पूर्ण सहयोगी भावना भएका समाजसेवी, राजनीति कर्मि, पेशाकर्मि, बुद्धिजीवि, शिक्षकवर्ग, व्यापारी, उद्यमीहरुले ग्लोबल आई एम ई बैकको खाता नं U607010001601  मा जम्मा गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।

 

आर्थिक वर्ष:

जन प्रतिनिधि