समाचार
अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न ।
"सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण" भन्ने मुल नाराका साथ ११५ औँ अन्तराष्ट्रिय नारी दिवस आज मिति २०८१ फाल्गुण २४ गतेका दिन थबाङ गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा प्रभातफेरी र्याली, कुर्सी दौड र नृत्य प्रतियोगिता सञ्चालन गरी सम्पन्न गरिएको छ ।
सञ्चालन गरिएका प्रतियोगिताको नतिजा निम्न बमोजिम रहेको छ ।
कृर्सि दौड
१. प्रथम स्थानः कुस्मी सुनार, थबाङ गाउँपालिका-१, झकिबाङ
२. द्वितीय स्थानः सकुशल रोका, थबाङ गाउँपालिका-२, ठूलोगाउँ
३. तृतीय स्थानःचाहाना नेपाली, थबाङ गाउँपालिका-२, मरान्थान
नृत्य तर्फ
१. प्रथम स्थानः जलजला एजुकेशनल एकेडेमी, थबाङ गाउँपालिका-२, ठूलोगाउँ
२. द्वितीय स्थानः मरान्थाना आमा समूह, थबाङ गाउँपालिका-२, मरान्थाना
३. तृतीय स्थानःसुनगाभा आमा समूह, थबाङ गाउँपालिका-१, झकिबाङ
४. चौथोँ स्थानःस्याउबारी आमा समूह, थबाङ गाउँपालिका-२, डुलिडाँडा
स्थान प्राप्त गर्नु भएका विजेतालाई नगद सहित प्रमाण-पत्र प्रदान गरिएको हो ।